२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एमालेका पूर्वसांसद भट्टचन पक्राउ

११ कात्तिक, काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई रेमिटेन्स सम्बन्धी ठगी कसुरमा पक्राउ गरिएको हो। प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

उनीमाथि बुधबार म्याद थप गर्ने र यस घटनाबारे थप जानकारी दिने सिआइबीको तयारी छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार २१:५९