४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एभरेष्ट बैंकको साधारण सभा बुधबार बस्दै, लाभांश प्रस्ताव पारित हुने

११ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारण सभा भोलि बस्ने भएको छ । बैंकको  ३१ औं वार्षिक साधारणसभा कात्तिक १२ गते बुधबार भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बस्ने छ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। साथै, सभामा गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यक परे बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने कार्य पनि हुनेछ।

लाभांश प्रस्ताव र सभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसको अर्थ असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा सहभागि हुन थता लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : October 28, 2025 at 5:32 pm