श्रीनगर एग्रीटेकको आइपीओ भोलि बाँडफाँड हुने, झण्डै १७ लाखको हात खाली हुने
११ कात्तिक, काठमाडाैं। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ कम्पनीकै कार्यालय नारायणचौर नक्सालमा बिहान १०ः३० मा बाँडफाँड हुनेछ ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले सेयर पाउनेछन्। यसमध्ये ३ जना आवेदकले १/१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन्। भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।
प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १६:२९












