१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेपाली सेनाबाट बर्खास्तीमा परेका व्यक्ति जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति सेनाको बर्खास्तीमा परेको खुलेको छ ।काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ।

त्यसमा संलग्न एक जना पूर्वसैनिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्ने २७ वर्षीय भुवन शाही छन्। उनीबाट एउटा मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति, डिएसएलआर क्यामरा बरामद भएको छ।

२०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी २०७५ मा बर्खास्तीमा परेको खुलेको छ । चालकको रुपमा नक्कली लाइसेन्स पेश गरेको खुलेपछि उनी बर्खास्तीमा परेका थिए ।

प्रकाशित मिति : October 28, 2025 at 1:20 pm