कस्ले ? र किन अनसन स्थलको टेन्ट रातारात हटायो ?
१५ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसन बस्न बनाइएको टेन्ट रातरात हटाइएको छ । चिकित्सक संघले शिक्षण अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन थालेको थियो ।

तर, शिक्षण अस्पताल प्रशासनले भने अस्पताल हातामा धर्ना नबस्न चेतावनी दिएको थियो । त्यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दियो । अस्पताल प्रशासनले रातारात टेन्ट हटाएको छ । चिकित्सकहरुले अस्पताल ग्रांगणमा म्याट बिछ्याएर रिले अनसन सुरु गरेका छन् ।
प्रकाशित मिति : 10:38









