१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

धादिङकी रोजिना १ करोडसहित काठमाडौंको सानो भर्याङबाट पक्राउ

९ कात्तिक, काठमाडौं। काठमाडौंको सानो भर्याङबाट १ करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट उक्त रकमका साथै सुनका बाला २ थान, झुम्का ४ थान, औठी ३ थान, नत्थी, सिरबन्दी बरामद  गरेकाे प्रहरीले जनाएकाे छ । साथै, उनीहरूबाट ५ थान मोबाइल, एप्पलको म्याकबुक एक थान, बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार पनि बरामद गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकामध्ये रोजिना सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ। उनीहरूलाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १७:४२