१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

१८ माघ, पोखरा । प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ ।

प्याराग्लाईडिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङ्गमा सवार जापनिज नागरिक ५० वर्षिय हिरा काजु र ७२ वर्षिय बतना फेवातालमा खसेका थिए ।

दुई वटा प्याराग्लाईडिङ्ग फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको नेतृत्वको एपीएफ टोली तत्कालै खटिई गई उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रकाशित मिति : January 28, 2019 at 11:46 pm