२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सवारी दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका एसपी पोखरेलको अन्त्येष्टि

१४ माघ, काठमाडाैँ । दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको आज अन्त्येष्टि गरिएको छ । एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्त्येष्टिका क्रममा स्व पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । पोखरेलको शव आइतबार राजधानी ल्याइएको थियो । श्रद्धाञ्जलिका लागि पोखरेलको शव ढुङ्गेधारास्थित निवासमा राखिएको थियो । आजै गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत उच्च प्रहरी अधिकारीले निवासमै पुगेर स्व पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शनिबार राति प्रहरी उपरीक्षक पोखरेल चढेको जिप दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसमेत घाइते हुनुभएको थियो ।

प्रकाशित मिति : 23:45