सानिमा बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
२ कात्तिक, काठमाडाैं। सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कात्तिक २ गते आइतबार बैंककाे २१ औं सभा सम्पन्न भएकाे हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख साधारण सभाबाट निर्बिरोध निर्वाचित हुनुभएकाे हाे ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १७:३७












