मुटुको धमनी पूर्ण रुपमा बन्द भएका पूर्व युवराज पारसको स्वास्थ्य स्थिर
१४ माघ, काठमाडाैँ । पूर्व युवराज पारस विक्रम शाहको मुटुको धमनी पूर्ण रुपमा बन्द भएकाे अस्पतालले जनाएको छ । छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज शाह आज अपरान्ह ४ः१५ बजे नर्भिकमा भर्ना भएका थिए ।
अस्पतालका अनुसार पारसको क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो । उपरोक्तबन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई पारसलाई सी.सी.यु.मा सारिएको अस्पतालमा सारिएको छ ।

पारसको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा. जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ । अस्पतालले पारसको उहाँ स्थिर रहेता को खतरामुक्त नरहेको जनाएको छ ।
प्रकाशित मिति : 20:23









