१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

कात्तिक तीन गतेदेखि १० गतेसम्म हिमालयन बैंकको सेवा बन्द हुने

३१ असाेज, काठमाडाैं ।  तिहार तथा छट अवधिभर हिमालयन बैंकको बैंकिङ सेवाहरु बन्द रहने भएका छन् । कात्तिक तीन गतेदेखि १० गतेसम्म बैंकको सेवा बन्द हुने भएको हाे ।

बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भएकाले उक्त अवधिमा बैंकिङ सेवा नहुने भएको हो । बैंकका अनुसार यो अवधिमा एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा भने चल्नेछ।

यो अवधिमा ग्राहकको लागि भने बैंकको कार्यालय, काउन्टर सबै भन्द हुने भएको छ। ग्राहकले यो अवधिमा नगद जम्मा गर्न विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने भएपनि काउन्टर भने बन्द हुने भएको छ। यो अवधिमा कर्जा जारी गर्ने लगायतका सबै काम बन्द हुने बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १६:२३