१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

सांग्रिला डेभलपमेन्ट बैंकको एससीटी यूनियनपे कार्ड सेवा सुरु

३१ असोज, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ग्राहकहरूका लागि एससीटी यूनियनपे कार्ड सेवा सुरु गरेको छ। यो सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त संस्थाले सञ्चालन गर्दै आएको हो। स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको सहकार्यमा बैंकले एससीटी यूनियनपे कार्ड सेवा प्रदान गर्न थालिएको हो, जसले डिजिटल भुक्तानीमा नयाँ विकल्प र सहजता ल्याउने विश्वास छ।

यो सेवा २०८२ असोज २९ देखि लागू भएको छ। अब, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरू बैंकका शाखाहरूमा गएर सजिलै एससीटी यूनियनपे कार्ड प्राप्त गर्न सक्ने छन्। यस नयाँ सुविधाले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी प्रक्रिया थप सहज, सुलभ र सूरक्षित बनाउने विश्वास लिएकाे छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १४:२८