२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, कुन खातामा कति ?

३१ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।

बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

यसैगरी,बैंकले संस्थागत निक्षेपतर्फ असोज महिनाका लागि भने अधिकतम ३.२५० प्रतिशत ब्याजदर दिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ०९:२९