२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

ललितपुरबाट ५० किलो चाँदीसहित एक जना पक्राउ

३० असाेज, काठमाडाैं । ललितपुरबाट ५० किलोभन्दा बढी चाँदी बरामद भएकाे छ । बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनुभयाे ।

उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो। उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ।

उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ।

यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ । उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 18:01