२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

जन्तीबसमा करेन्ट लागेर ज्यान गुमाएकाकाे परिवारलाई जनही पाँच लाख दिने मन्त्री पुनकाे निर्णय

१४ माघ, धनुषा । धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मृत्यु भएकाकाे  परिवारलाई जनही  पाँच लाख क्षतिपूर्ति दिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्णय गरेका छन् । आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन निर्णय भएकाे हो ।

त्यसैगरी मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्योहोर्ने समेत निर्णय गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ जना मध्ये १९ जना उपचार पछि घर फर्किसकेका छन् । बाँकी रहेका दुई जनामध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा यही माघ ११ गते शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद् विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गर्नुभएको हाे ।

प्रकाशित मिति : 18:46