पूर्वयुवराज पारस शाह छाती दुख्ने समस्याले पुगे नर्भिक अस्पताल, माइनर हृदयाघात भएकाे शंका
१४ माघ, काठमाडौं । पूर्वयुवराज पारस शाह छाती दुख्ने समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार अस्पतालमा भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।

शाहहलार्इ माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । अहिले उनको स्वास्थ्य अवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जानकारी प्राप्त भएकाे छ । केही बर्षअघि पनि शाहलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो । त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।
प्रकाशित मिति : 17:38







