२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

रामेछापमा गोठमा आगलागी हुँदा ११ महिने शिशुको मृत्यु

१४ माघ, काठमाडाैं । रामेछापमा गोठमा आगलागी हुँदा  ११ महिने शिशुको मृत्यु भएको छ । रामेछाप नगरपालिका-६ पिपलटार बस्ने शंखमान मगरको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका छोराको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगलागीबाट अन्नपात, लत्ताकपडा समेत जलेर करिब एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 17:16