१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

३० असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : October 16, 2025 at 9:25 am