गगन थापाले घाेटला गरेकाे ६४ लाख खाेज्न अखिलका महासचिव ऐन महर त्रिचन्द्र कलेजमा
१४ माघ, काठमाडौँ । सत्तारुढ दल नेेेेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिलका महासचिव ऐन महर नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापालेे घाेटला गरेकाे भनिएकाे ६४ लाख खाेज्न त्रिचन्द्र कलेज पुगेका छन ।

साेमबार ६४ लाख हराएको त्रिचन्द्र क्याम्पसको गार्डेनमा उक्त रकमको खोजिको माग गर्दै अनेरास्ववियु त्रिचन्द्रका नेताहरुसँगैै छलफल गरेका छन । उनले थापाले घाेटला गरेकाे भनिएकाे बगैँचामै छलफल गरेका हुन ।

१८ वर्ष अगाडि स्ववियु सभापति भएको बेला थापाले बनाएको एक लाख डलरको बगैँचाको हिसाब–किताबमा ६४ लाख असुल्नुपर्ने बताएका हुन् । महरले यसअघि थापालाई सामाजिक सञ्जाल फेसबुक मार्फत ६४ लाख असुल्नेे चेतावनी दिएका थिए । महरले फेसबुकमा लेखेका थिए, ‘त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ वर्ष अगाडि त्यो गाथर्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्नेनैछ ।´

प्रकाशित मिति : January 28, 2019 at 3:59 pm







