राष्ट्र बैंकले तिहारमा सुनका सिक्का नबेच्ने, चाँदीको सिक्काकाे मूल्य तोक्यो
२८ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने भएका हुन् ।
तर राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को संख्या र मूल्यमा विक्री वितरण दर तोकेको छ । केन्द्रिय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ ।
सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाइनेछ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन ।
चाँदीको सिक्का किन्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने केन्द्रिय बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १३:०२












