२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

२८ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिएको थियाे । राष्ट्र बैंकले यी कम्पनीलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

राष्ट्र बैंकले असोज २७ गते तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतीका लागि पेश गर्ने शर्तसहित सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १०:३७