२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सर्वसाधारणका लागि सानिमा बैंकको ३ लाख ३९ कित्ता सेयर बिक्रीमा

२८ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि जेठ १४ गते ३५ दिने सूचना जारी गरी सो सेयर बिक्रीमा राखिएको थियो । तर सो अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा संस्थापक सेयरधनीका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ०९:२४