२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

२७ असोज, काठमाडौं । काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या भएको छ।  काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको हत्या भएको हो । हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् ।

संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । आइतबार बिमला कोठामा मृत फेला परेकी थिइन्।

शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा श्रीमानको संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ। त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १२:२२