बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘भजाइनल स्वाब’सँग दुर्गादेवीको डिएनए मेल खायो
१४ माघ, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ अामा दुर्गादेवी पन्तको डीएनएसँग मेल खाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको हो ।

अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले बताएको छ । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरेका छन ।
प्रकाशित मिति : 11:49









