२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

२६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा महराले २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी लाभ लिएको आरोप छ ।

“उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १७:०५