२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

२६ असाेज, काठमाडाैं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहक महानुभावहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप (एनआईसी एशिया मोबैंक) मा रहेको माइ प्रोफाइलमा ट्याप गरी चेञ्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने छ ।

साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १६:५३