१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश

२६ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : October 12, 2025 at 10:18 am