१० फाल्गुन २०८२, आईतवार | Mon Feb 23 2026

अब एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न पाइने

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम) बाट झिक्न सकिने रकमको सीमा घटाएको छ ।  राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने स‌ंस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेको छ। पहिला डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो।

अब डेबिट कार्डबाट प्रति कारोबार २० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने छ । यसअघि प्रति कारोबार २५ हजार तथा प्रति महिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो। राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डबाट गर्न मिल्ने कारोबारको सीमा भने हाल यथावत् राखेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १७:३८