११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

एसवाई प्यानलको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

२४ असोज, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। कम्पनीले त्यसको १० प्रतिशतले हुन आउने ४ लाख ९७ हजार ९२ कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

कम्पनीले असोज ७ गतेदेखि असोज १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। उक्त अवधिभर ५६ हजार जनाले रीतपूवर्क आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरेको थियो। गोलाप्रथाबाट बाँडफाँड गर्दा ४९ हजार ७०९ जना आवेदकहरूले १० कित्ता सेयर लाएका छन् । त्यहीमध्येबाट २ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता सेयर पाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ०९:२६