१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चीनका लागि क्यानडेली राजदूत जोन म्याकालम बर्खास्त

१३ माघ, काठमाडाैँ । चीनका लागि क्यानडेली राजदूत जोन म्याकालम बर्खास्त भएका छन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले  राजदूत जोन म्याकालम बर्खास्त गरेका हुन ।

प्रधानमन्त्री ट्रुडोले विज्ञप्ति मार्फत आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको तर उनले नमानेपछि बर्खास्त गरेको उल्लेख गरेका छन । चिनियाँ टेलिकम तथा मोबाइल कम्पनी हुआवेका प्रमुख वित्त अधिकृत मेङ्ग वान्खाको पक्राउ तथा त्यसपछिको अवस्थाका बारेमा गरेको विवादास्पद टिप्पणीका कारण म्याकलमलाई बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ ।

म्याकालमले गएको मंगलबार अमेरिकाले मेङ्गलाई पक्राउ गर्न गरेको आग्रह र त्यसपछिको प्रक्रिया गम्भीर त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १९:५६