२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

माइतीघरबाट निकोलस भुसालसहित ३ जना प्रहरी नियन्त्रणमा

२३ असाेज, काठमाडाैं । काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसालसहित तीन जनालाई  नियन्त्रणमा लिएको छ। बिहीबार बिहान माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हाे ।

जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले परिसरमा राखिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:०१