२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

२३ असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त हुनुभएको छ । बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहनुभएका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो।

भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १०:२७