१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चीनमा हैजा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

१३ माघ, बेइजिङ  ।  चीनमा गत एक महिनामा सरुवा रोगका कारण २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।

सोही अवधिमा ७ लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा ‘क’ वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।

विरामी भएका मध्ये दुई लाख ८९ हजार ६१३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटीस, क्षयरोग, सिफलिस, गोनोरियालगायतका रोगले सताएको थियो ।

डिसेम्बर महिनामा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुख सम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।एजेन्सी

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १७:१६