सिद्धार्थ बैंकका ग्राहकहरुलाई इजी डेन्टल क्लिनिक प्रा.लि.मा १५ प्रतिशतसम्मको छुट
२२ असाेज, काठमाडाैं । सिद्धार्थ बैंकर इजी डेन्टल क्लिनिक प्रा. लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार चाबहिल, काठमाडाैँ स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ०९:१२












