नेविसंघको फाेहरी काम, सरकारी गाडी कब्जा गरी ‘माफिया सरकार मुर्दावाद’ पेन्टिङ
१३ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेताहरुले सरकारी गाडी फाेहर गर्ने काम सुरु गरेका छन । सीमित मेडिकल कलेजकाे सिण्डिकेट ताेड्नेगरी सरकारले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि विक्षिप्त बनेकाे कांग्रेसले आफ्ना कार्यकर्ता अराजकता सिर्जना गर्न सडकमा उतारेकाे छ ।

आइतबार काठमाडौँ उपत्यकाको कोटेश्वरमा सरकारी गाडी रोक्दै नेविसंघका कार्यकर्ताले पेन्टिङ गरिरहेका छन् । कोटेश्वर सडकखण्डमा गुडिरहेका २५ भन्दा बढी सरकारी गाडीहरु रोकेर ‘माफिया सरकार मुर्दावाद’ लेख्दै उनीहरुले पेन्टिङ गरेका छन ।
सरकारी गाडीमा माफिया सरकार मुर्दावाद उल्लेख गर्दै कालो अक्षरमा पेन्टिङ गर्ने क्रममा तीनकुनेस्थित एनसिआइटी कलेजका नेविसंघ इकाई अध्यक्ष सरोज थापा पक्राउ परेका छन् ।
प्रकाशित मिति : 14:46







