काठमाडौँमै चौकी स्थानीय नागरिकको जिम्मा लगाएर हिँडे प्रहरी
२१ असोज, काठमाडौँ । काठमाडौँका प्रहरी चौकीहरू स्थानीयको जिम्मा लगाएर प्रहरीहरू प्रभाग र बृत्तमा केन्द्रीत भएका छन । समूदायले पुननिर्माण गरेर पुनःस्थापना भैसकेका चौकीका प्रहरीहरू पनि माथिको आदेश भन्दै चौकी छाडेर हिँडेका छन ।
प्रहरीले यसअघि उच्च सतर्कतामा बस्न निर्देशन जारी गरेको थियो । जेनजी अभियाननै अपहरण गरेको अभियोग लागेको सुदन गुरूङको समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखेकलाई पक्राउ गर्न दबाब दिन सुरू गरेर जे हुन्छ सडकबाट हुन्छ भनेर चेतावनी दिएपछि प्रहरीले उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको थियो ।
वुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि प्रहरीले चाैकी छाडेको कुरा पुष्टि गर्नुभएको छ । उहाँले मंगलबार दिउँसो फेसबुक मर्फत यसको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘नागरिक सरोकार …. प्रहरी बिटको सुरक्षा टोलबासीको जिम्मा लगाउदै प्रभागमा पुगे प्रहरी ! ! !
कानुनी रुपमा राज्यबिहिनताको अवस्थामा प्रहरीले कसरी काम गर्ने अनि नागरिक कसरी सुरक्षित रहने IG साब ?’

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १३:२०












