४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

प्रहरीले केपी ओली र रमेश लेखकविरूद्ध जाहेरी दर्ता गर्न मानेन

२० असोज, काठमाडौँ । प्रहरीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

जेनजी पुस्ताको अगुवा दाबी गर्ने सुदन गुरूङको समूहले लगेको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो । तत्कालीन ओली सरकारले प्रहरी उपरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा एक नम्बरमा बढुवा गरेका रमेश थापा अहिले काठमाडौँको प्रहरी प्रमुख हुनुहुन्छ ।

dainiki.com

जेनजी विद्रोहमा युवाहरू माथि गोली प्रहार गरेको घटनामा ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको जाहेरी प्रहरीले दर्ता गर्न भने मानेन । उजुरी बोक्नेहरूले सोम्बार देखिनै ओली र लेखकविरूद्ध एरेष्ट अभियान चलाएका छन ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार २१:०१