२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

जीप दुर्घटनामा गम्भीर घाइते बाराका सीडीओ भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

१३ माघ, काठमाडौँ । जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौँ ल्याइएकाे हाे ।


शनिवार बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । भट्टराईको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिने बताइएकाे छ ।

प्रकाशित मिति : 12:36