२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी खरिदमा विशेष छुट

१२ असाेज, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई हुन्डाई गाडीको अधिकृत विक्रे लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूल लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबाट हुन्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. ५० हजार देखि ८१ हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गर्नुभयाे ।

प्रकाशित मिति : September 28, 2025 at 1:41 pm