२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

१२ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले कात्तिक २ गजे आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने , ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 28, 2025 at 12:17 pm