१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा १४ लाख बराबरकाे क्षति

१३ माघ, इलाम । इलाममा एलपी ग्यासको सिलिन्डर पड्किएर १४ लाख बराबरकाे क्षति भएकाे छ ।   आज बिहान  इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा सिलिन्डर ग्याँस पड्कदा मानबहादुर गुरुङको घरमा आगलागी भएको थियाे ।

उनको घरमा भाडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको ग्याँस पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भूइँतला पक्की माथी टिनको छानाे भएको घर पूर्ण रुपमा जलेको छ। आगो इलाम नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको पहलमा निभेको छ।

प्रकाशित मिति : January 27, 2019 at 11:19 am