अछामकी ६१ वर्षीया लालमती रावल, जसले बुहारीलाई दागबत्ति दिएर आफैँ किरिया बसिन
१३ माघ, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ७ की ६१ वर्षीया लालमती रावल बुहारीको किरियामा बसेकी छिन । २२ वर्षीया बुहारी धनादेबि रावलको चट्याङले ज्यान लिएपछि लालमतीले बुहारीलाई दागबत्ति दिएर आफैँ किरिया बसेकी हुन । हिन्दू संस्कारमा महिलाले दागबक्ती दिनु र किरिया बस्नु त परकै कुरा हो मसानघाटसम्म जान हुँदैन भन्ने मान्यता रहेको समाजमा लालमतीले भने ६१ वर्षको उमेरमा बुहारीको किरिया बसेकी हुन ।

एक्लो छोरा अर्की श्रमती लिएर हिडेपछि उनले छोराको खोजी समेत गरिनन् । तर उनले बुहारी धनदेवीलाइ सँगै राखेर बसेकी थिइन ।श्रीमानले अर्को बिहे गरेर भारत गएपछि पाँच बर्षको छोरा र तीन वर्षको छोरी पालेर बृद्ध सासुको स्याहार गर्दै बसेकी धनाको बुधबार चट्याङले ज्यान लिएको हो । लालमतीका एक्लो छोरा राम रावल दुई वर्ष पहिले अर्को बिहे गरेर भारत गएका थिए । उनी त्यसपछि घर फर्किएका छैनन् ।

प्रकाशित मिति : 11:56









