नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता सेयर बिक्रीमा
९ असोज, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।
साथै, उक्त समयमा संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ११:५०












