१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

भ्रामक सूचनाप्रति सतर्क रहन ग्राहकलाई नबिल बैंकको आग्रह

८ असाेज, काठमाडाैं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार लगायतका झूटा आर्थिक प्रलोभन देखाउँदै ठगी तथा फिसिङ गर्ने प्रयत्न गरिरहेकाे बैंकले जनाएकाे छ ।

यस्ता भ्रामक सूचना वा वेबसाइटहरूमा विश्वास नगर्न आग्रह गर्दै कुनै पनि जानकारीका लागि केवल आफ्नो आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न ग्राहकहरूलाई बैंकले अनुरोध गरेको छ।

अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा [email protected] मा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : September 24, 2025 at 4:09 pm