२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

अनलाइन ठगीबाट सचेत रहन लक्ष्मी सनराइज बैंककाे आग्रह

७ असाेज, काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडले अनलाइन ठगीबारे आवश्यक चेतावनी जारी गरेको छ। हाल विभिन्न सामाजिक सञ्जाल तथा व्हाट्सएप र भाइबर जस्ता मेसेजिङ एपमार्फत नेपाली जनताका लागि नयाँ प्रधानमन्त्रीको ३० हजार रुपैयाँको प्रशंसा कोष जस्ता हानिकारक लिंकहरू फैलिइरहेकाे बैंकले जनाएकाे छ ।

ती लिंकहरूमा क्लिक गर्दा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग ह्याक हुन सक्ने खतरा हुने बैंकले जनाएको छ। साथै सामाजिक सञ्जालका पासवर्ड तथा व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने बताइएको छ। यसले व्यक्तिहरूको वित्तीय र व्यक्तिगत सुरक्षामा सीधा असर पार्न सक्छ।

यसकारण, बैंकले यस्ता मेसेजहरू प्राप्त भएमा ती लिंकहरूमा कहिल्यै क्लिक नगर्न र मेसेजहरू डिलिट गर्न आग्रह गरेको छ। यस्ता ठगी प्रयासहरूबाट आफूलाई मात्र नभई अरूलाई पनि सचेत गराउनुपर्ने जोड दिइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १६:२८