७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

७ असाेज, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासी बर्दघाटको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्।

यसका लागि एनआईसी एशिया बैंक र रिसोर्टबीच सम्झौता भएको छ भने उक्त सम्झौता अनुसार रिसोर्टबाट सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाइँनेछ।

यसका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ्ग एप मार्फत् भुक्तानी गर्नुपर्ने छ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : September 23, 2025 at 1:58 pm