१४० रुपैयाँमै सानिमा बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
६ असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ६ हजार ८७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सो सेयरमा आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०९:४१












