७ असार २०८३, आइतबार | Mon Jun 22 2026

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदीले लिए श्रीमतीको ज्यान

५ असोज, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर जवरजस्ती करणीमा जेल परेका थिए । मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् ।घटनास्थलको थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : September 21, 2025 at 4:17 pm