जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदीले लिए श्रीमतीको ज्यान
५ असोज, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
सन्तबहादुर जवरजस्ती करणीमा जेल परेका थिए । मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् ।घटनास्थलको थप विवरण प्राप्त हुन बाँकी छ ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १६:१७












