मोडर्न कन्या कलेजले १९औं वार्षिकोत्सव
४ असोज, काठमाडौँ । बानेश्वरमा रहेको मोडर्न कन्या कलेजले १९औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डा। राम प्रसाद दाहालले कलेजका गतिविधि र महिला शिक्षामा यसको योगदानमा प्रकाश पार्नुभएको थियो ।

कलेजका प्रिन्सिपल सबिन पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट अङ्क हासिल गर्ने पाँच जना छात्रालाई सम्मान गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मी सुरेन्द्र पौडेल, प्रा। मुकुन्दराज दाहाल, ज्ञानेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : September 20, 2025 at 11:57 am







