२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कुमारी बैंकले घटायो असोज महिनाका लागि ब्याजदर

३१ भदौ, काठमाडौं। कुमारी बैंक लिमिटेडले  असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ ।

असोजका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.८१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ प्रतिशत ब्याजदर दिएको थियो । त्यस्तै, बैंकले असोजका लागि संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले भदौ महिनाका लागि पनि संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:५८